Logo
Logo

प्रेमप्रसादले उठाएका विषयमा सरकाले छानबिन गर्ने



काठमाडौं । सरकारले आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न भएको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएको विषयमा छानबिन गर्ने निर्णय गरेको हो ।

बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो ।

मन्त्रिपरिषद्ले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो ।

आचार्यले मंगलबार संघीय संसदअघि पेट्रोल लगाएर आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले आचार्यको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्नअस्पताल लगेको थियो । तर, उपचारको क्रममा उनको आज बिहान मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्