Logo
Logo

लाइसेन्स वितरणमा घुस लिएको भन्दै यातायातका हाकिमलाई मोसो



धनकुटा । यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै मोसो दलेका छन् ।

घुस लिने गरेको आरोप लगाउँदै नेकपा बहुमतका कार्यकर्ताहरुले लुइँटेललाई मोसो दलेर दुर्व्यवहार गरेका हुन् ।

पार्टीका धनकुटा संयोजक मोहन घलेले घटनापछि विज्ञप्ति निकालेर लुइँटेलले दलाल र विचौलिया प्रयोग गरेर कार्यालयबाट सेवा प्रदान गर्ने क्रममा घुस लिने गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्