Logo
Logo

माओवादीको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । आज दिउँसाे २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने महासचिव देव गुरुङले जानकारी दिए ।

पार्टी संगठन विकास र विस्तार, दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि बैठकका एजेण्डा रहेको उनले बताए । माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्ने सहमति गरेको छ ।

यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको चर्चा छ । स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्