Logo
Logo

विश्वासको मत दिएको विषय समाप्त भइसक्यो- शेखर



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको बताएका हुन् ।

राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको उल्लेख गर्दै डा. कोइरालाले कांग्रेसले उम्मेदवारी दिने र अन्य दलसँग छफलफल भइरहेको जानकारी दिए । उनले मङ्गलबार नयाँ बानेश्वरको आत्मदाहको घटना अन्त्यन्त दुःखदायी भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्