Logo
Logo

वसन्तपञ्चमीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत गर्छ : राष्ट्रपति


378
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी पर्वले मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस दिन गरिने वसन्त श्रवण र सरस्वती पूजा औपचारिकता मात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर भएको बताएका छन् ।

‘यस दिनमा गरिने वसन्त श्रवण र सरस्वती पूजा औपचारिकता मात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर पनि हो । यस पर्वका माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन समेत योगदान पुग्ने विश्वास छ,’ शुभकामना सन्देशमा उल्लेख छ ।

शिक्षा र ज्ञानकी आराध्य देवी सरस्वतीको पूजाअर्चना गरी वसन्तपञ्चमी बिहीबार मनाइँदैछ । माघ शुक्ल पञ्चमीका दिन सरस्वती पूजा गरिन्छ । काठमाडौँको वसन्तपुरमा रहेको हनुमानढोकाभित्रको नासलचोकमा राष्ट्र प्रमुखको उपस्थितिमा वसन्त श्रवणको आयोजना गर्नुका साथै विभिन्न स्थानमा रहेका सरस्वतीका मन्दिरमा पूजाअर्चना गर्ने गरिन्छ ।

यस दिन ललितपुरको लेलेमा रहेको सरस्वतीकुण्ड, काठमाडौँको नील सरस्वती मन्दिर र भक्तपुरको सरस्वती खेलमा रहेको सरस्वतीको मन्दिरमा विशेष मेला लाग्ने गर्छ । यस दिनलाई अत्यन्तै शुभ दिन मानिने हुनाले विभिन्न धार्मिक अनुष्ठान बिहे, व्रतबन्ध, पास्नीलगायतका शुभकार्यका लागि साइत जुराइरहनु नपर्ने मान्यता छ । त्यस्तै बालबालिकालाई अक्षरारम्भ गर्न, नाक, कान छेड्न पनि यसै दिनलाई उपयुक्त साइत मानिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्