Logo
Logo

सूर्यकुमारले जिते उत्कृष्ट टी-२० क्रिकेटरको अवार्ड



काठमाडौं । भारतीय ब्याटर सूर्यकुमार यादव वर्ष २०२२ को उत्कृष्ट पुरूष क्रिकेटर भएका छन् । पाकिस्तानका विकेटकिपर ब्याटर मोहम्मद रिजवान र जिम्बावेका सिकन्दर राजालाई पछि पार्दै यादवले आईसिसीको उत्कृष्ट अवार्ड हात पार्न सफल भएका हुन् ।

सन् २०२२ मा उत्कृष्ट प्रदर्शन गरेका सूर्यकुमारले केही कीर्तिमानसमेत बनाएका छन् । सूर्यकुमार टी–२० अन्तर्राष्ट्रियमा एक क्यालेन्डर वर्षमा १ हजारभन्दा बढी रन बनाउने दोस्रो खेलाडी बनेका छन् । ३२ वर्षीया उनले १८७.४३ को स्ट्राइक रेटमा ११६४ रन बनाएर वर्षको सर्वाधिक रन बनाउने खेलाडी बने ।

यस अवधिमा उनले ६८ छक्का प्रहार गरेका थिए । टी–२० क्रिकेट इतिहासमा कुनै पनि क्रिकेटरले एक वर्षमा सबैभन्दा बढी छक्का प्रहार गरेको यही हो । सूर्यकुमार वर्षभर भारतीय टोलीका मुख्य ब्याट्सम्यान रहे र यस अवधिमा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरे।

अष्ट्रेलियामा भएको आईसिसी पुरूष टी–२० विश्वकपमा पनि उनले सानदार प्रदर्शन गरे । उनले १८९.६८ को स्ट्राइक रेटमा ६० को औसतमा ६ पारीमा ६ वटा अर्धशतक बनाएका थिए । यस्तै उनले सन् २०२३ मा पनि शतक प्रहार गर्दै वर्षको सुरूआत गरेका छन्।

अघिल्लो वर्षको लयलाई कायम राख्दै उनले न्युजिल्याण्डमा भएको द्विपक्षीय शृंखलामा टी–२० अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाएका हुन् । यस्तै महिलातर्फ ‘वेस्ट क्रिकेटर अफ द इयर’ को उपाधि अस्ट्रेलियाकी ताहलिया म्याकग्राले जितिन्।

प्रतिक्रिया दिनुहोस्