Logo
Logo

भाटभटेनीले भन्यो- प्रेमप्रसाद आचार्यको कम्पनीलाई समयमै भुक्तानी गरिएको छ



काठमाडौं । भाटभटेनी सुपरमार्केटले इलामा युवा व्यवसायी प्रेमप्रसाद आचार्यको कम्पनी सूर्योदय एग्रो ईण्डष्ट्रिज एण्ड फार्म हाउसलाई दिनुपर्ने रकम समयमा भुक्तानी गरेको दाबी गरेको छ ।

भाटभटेनी सुपरमार्केटले बिहीबार एक विज्ञप्ति जारी गर्दै आचार्यको नेतृत्वमा रहेको कम्पनीबाट लिइएका सामग्रीको समयमा भुक्तानी गरिएको र कहिले पनि आचार्यलाई दुःख दिने नियत नभएको स्पष्ट पारेको हो । साथै भाटभटेनीले आचार्यले सामाजिक सञ्जालमा उल्लेख गरेजस्तो कहिल्यै पनि ३० प्रतिशत मार्जिनको कुरा नगरेको दावी गरेको छ ।

‘इलाम सूर्योदय ११ केराबारीका युवा प्रेमप्रसाद आचार्यले मंगलबार संसद् भवन बाहिर आत्मदाह गरेको घटनाले हामीलाई अत्यन्त दुःखी र स्तब्ध तुल्याएको छ, साथसाथै आत्मदाहको अवस्थामा पुगेका स्वर्गीय आचार्यले सामाजिक सञ्जालमा राखेका धारणाले हाम्रो पनि गम्भीर ध्यानाकर्षण भएको छ । उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेजस्तो हामीले कहिल्यै पनि ३० प्रतिशत मार्जिनको कुरा गरेका छैनौं । कोरोनाकालमा हामीले देशप्रति देखाएको उत्तरदायित्त्वका कारण त्यसपछिका दिनमा व्यापार व्यवसायमा केही असहजता अवश्य पनि परेको छ,’ भाटभटेनीका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्