काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचन लक्षित कार्यविभाजन गरेको छ । अखिल क्रान्तिकारीको तेस्रो पदाधिकारी बैठकले बिना गठबन्धन स्ववियू निर्वाचन लड्ने निर्णय गर्दै कार्यविभाजन तोकेहो हो ।

आगामी ५ चैतमा हुने स्ववियू चुनावका लागि सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ । पदाधिकारी बैठकको निर्णयबारे जानकारी गराउन जारी परिपत्रअनुसार प्रदेश १ को ईन्चार्ज खगेन्द्र सुवेदी तोकिएका छन् ।
यस्तै, मधेश इन्चार्जमा अनिल भगत, विशेष प्रदेश ईन्चार्ज पर्सुन कार्की, बागमती ईन्चार्ज कृष्ण न्यौपाने, गण्डकी ईन्चार्ज नरेन्द्र बयाडी, लुम्विनी प्रदेश ईन्चार्ज सूर्य घर्ती मगर, कर्णाली प्रदेश ईन्चार्ज त्रिसणा हमाल र सुदुरपश्चिम ईन्चार्जमा भीम भट्टलाई तोकिएको छ ।
यसैगरी केन्द्रीय छात्राविभाग प्रमुखमा सचिव पार्वती नेगी, केन्द्रीय स्वयंसेवक प्रमुखमा सचिव योगेन्द्र बुढा र सम्पर्क मञ्च ईन्चार्जमा सचिव विजय सापकोटाले जिम्मा पाएका छन् । अखिल क्रान्किारीले विश्वविद्यालय कमाण्डहरुको ईन्चार्जमा सचिवद्वय उपेन्द्र शाही र संजय कालधानले जिम्मेवारी दिएको छ ।














