Logo
Logo

माओवादीको स्थायी सिमिति बैठक जारी


1.1k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी सिमिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ ।

बैठकमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँगको एकता प्रक्रियालगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

यस्तै स्थायी समितिमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुने बताइएको छ । बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मितिसमेत तोक्नेछ ।

बैठकमा पूर्वसभामुख अग्निप्रसाद सापकोटा पनि उपस्थित छन् । हालसम्म उनी स्थायी सिमिति छैनन् ।

प्रतिक्रिया दिनुहोस्