Logo
Logo

क्यान भन्छ- सेभेन थ्री स्पोर्ट्सविरुद्ध कानुनी उपचारमा जान्छौँ


630
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले नेपाल ट्वान्टी–२० लिगको व्यावसायिक तथा रणनीतिक साझेदार सेभेन थ्री स्पोर्ट्सविरुद्ध कानुनी लडाइँमा जाने बताएका छन् ।

बिहीबार आयोजित क्यानको पत्रकार सम्मेलनमा उनले सेभेन थ्री स्पोर्ट्सले प्रतियोगिताका विजेता तथा फ्रेन्चाइज टिमका खेलाडीले पाउनुपर्ने रकम उपलब्ध नगराए आफहरू कानुनी लडाइँमा जाने बताए ।

उनले भने, ‘हाम्रो सम्झौताअनुसार पुरस्कार रकम सेभेन थ्री स्पोर्ट्सको हो । प्रतियोगिताको लाइसेन्सको रकम पनि दिनुपर्नेछ, त्यसानुसार नभए हामी कानुनी उपचारमा जान्छौँ ।’

उनले फ्रेन्चाइज टिमका खेलाडीहरूले रकम पाउन बाँकी भएको स्वीकार गरे । केही टिमले ६० प्रतिशत रकम पाएको र बाँकी रकम पाउन बाँकी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्