
काठमाडौं । नाबालिग बलात्कार मुद्दामा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछाने साता अघि घरौटीमा रिहा भएका छन् । तर, उनले सफाइ पाइसकेका छैनन् ।
काठमाडौं छोड्न समेत प्रशासनको अनुमति माग्नुपर्ने अवस्थामा रहेका सन्दीपबारे पूर्ण फैसला हुन बाँकी नै छ । तर, नेपाल क्रिकेट संघ क्यानले भने उनलाई खेलमा फकाउने प्रयास सुरु गरेको छ ।
नाबालिग बलात्कार आरोप लागेपछि कप्तान समेत रहेका सन्दीपलाई क्यानले निलम्बन गरेको थियो । तर, धरौटीमा रिहा भए लगत्तै क्यानले खेलमा फर्काउने प्रयास थालेको हो ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई खेलमा फर्काउने प्रयास भइरहेको बताए । तर, उनले नेपालको विद्यमान कानुनलाई आधार मान्ने भनेका छन् ।
अध्यक्ष चन्दले भने– ‘आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ । के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौं । कानुनले जे भन्दा हामी त्यही गर्छौ ।’
सन्दीपमाथि लागेको आरोपमाथि पूर्ण फैसला भइनसकेकाले उनलाई अहिलेकै अवस्थामा खेलमा फर्काउन उपयुक्त नहुने धेरैको मत रहेको छ ।














