काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरको छन् ।

बिहीबार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानुन समाजलगायतका संस्थाले संयुक्तरुपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कार्कीले सो टिप्पणी गरेका हुन् ।
उनले राष्ट्रपतिको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘राष्ट्रपतिबाट मैले पनि दुःख पाएँ । कहाँबाट म आउनुपर्ने, सर्टकट नजिकमा आउनुपर्ने धेरै घुमेर आएको हुँ म पनि आज । राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरु राजैजस्तो भए ।’
पूर्वप्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरु आउनु सकारात्मक भएको बताए । राम्रो व्यक्तिहरुलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने बताए।














