Logo
Logo

आसिफले पाए आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड (खेल भावना अवार्ड) प्राप्त गरेका छन् । बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले उक्त अवार्ड आसिफले प्राप्त गरेको जनाएको हो ।

गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाले उक्त अवार्ड जितेका हुन् ।

आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा लड्न पुगेपछि रन आउट गरेका थिएनन् । जुन खेल भावना यस वर्ष सर्वाधिक चर्चा र प्रशंसा पाएको क्षण थियो ।

प्रतिक्रिया दिनुहोस्