
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै छ । हिजो बिहिबारदेखि देखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देवेन्द्र पौडेलले बताए । बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।
हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिको बारेमा ब्रिफिङ पनि गरेका थिए ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि नेताहरुले आ-आफ्नो धारणा राख्नेछन् ।














