Logo
Logo

लोकदोहोरी गायक भीम पौडेलको निधन



काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङ्जा खुदी घर भएका उनको बिहिबार राति निधन भएको परिवारका सदस्यले जनाएको छ ।

पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि अस्वस्थ रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीले बताए ।

पछिल्लो समय लाइभ दोहोरीमा लोकप्रिय रहेका पौडेलको निधनले लोकदोहोरी क्षेत्रले ठूलो क्षेति बेहोरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्