Logo
Logo

रोनाल्डो सम्मिलित अल नासर सुपर कपबाट बाहिरियो



काठमाडौं । क्रिस्टियानो रोनाल्डो सम्मिलित टिम अल नासर साउदी अरब सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ । बिहीबार राति भएको खेलमा अल इत्तिहादसँग ३–१ ले पराजित हुँदै बााहिरिएको हो ।

घरेलु टोली अल इत्तिहादले १५औँ मिनेटमा रोमारिनोको गोलबाट अग्रता लिएको थियो । ४३औँ मिनेटमा अब्देराजक हमदुल्लाहले अग्रता दोब्बर बनाए । ६७औँ मिनेटमा एन्डरसन टालिस्काले गरेको गोलबाट अल नासरले पुनरागमनको प्रयास गरेको थियो । तर, इन्ज्युरी समयमा मुहन्नद शान्कीतीले गोल गरेपछि इत्तिहादले सहज जित दर्ता गर्‍यो ।

इंग्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडसँग सम्झैता भंग भएपछि रोनाल्डो साउदी क्लब अल नासरमा गएका थिए । उनले फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्धको खेलबाट क्लबमा डेब्यु गरेका थिए । रोनाल्डोले आइतबार अल इत्तिफकविरुद्धको खेलबाट साउदी प्रिमियर लिगमा डेब्यु गरेका थिए ।

साउदी अरब प्रिमियर लिगमा अल नासर शीर्ष स्थानमा छ । दोस्रो स्थानमा अल हिलाल छ । अल हिलाल पनि गए राति अल फेइहासँग १–० ले पराजित हुँदै सुपर कपबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्