काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता तथा राहदानी विवादसम्बन्धी मुद्दामा सुनुवाइ सकिएसँगै सर्वाेच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बुधबारदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा आज (शुक्रबार) बहस सकिएको छ । बहस सकिएसँगै संवैधानिक इजलासका न्यायाधीशहरु आदेशलाई अन्तिम रुप दिने तयारीमा छन् ।
सर्वोच्चले आन्तरिम आदेश दिने तयारी गरेसँगै सर्वोच्च परिसर सुरक्षा व्यवस्था कडा पारिएको हो । आदेशका लागि संवैधानिक इजलासमा न्यायाधीशहरु अहिले छलफलमा छन् । यो मुद्दामा सर्वोच्चले आदेश दिने या आदेशका लागि अर्को मिति तोक्न सक्ने छ ।
उनीहरुले छलफल सकेपछि रविको नागरिकता मुद्दामा आदेश दिने तयारी छ । आदेश आउने भएपछि सर्वसाधारणको पनि चासो सर्वोच्चतिर बढेको छ ।














