Logo
Logo

रवि लामिछानेको निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने


2.5k
Shares

काठमाडौं । चितवन-२ मा उपनिर्वाचन हुने भएको छ । चितवन-२ बाट निर्वाचित सांसद रवि लामिछानेको पद गएसँगै त्यहाँ उपनिर्वाचन हुने भएको हो ।

सर्वाच्च अदालतले उपप्रधान तथा गृहमन्त्री लामिछानेको नागरिकता अवैध ठहर गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध भएको भन्दै नागरिकता प्राप्तिका लागि प्रक्रिया पूरा नहुँदासम्म उनलाई नेपाली नागरिक मान्न नसकिने फैसला गरेको हो ।

योसँगै लामिछानेको सम्पूर्ण पद गुमेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले गएको प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट भारीमतान्तरले विजयी भएका थिए ।

लामिछानेले ४९ हजार २ सय ६४ भोट पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत प्राप्त गरेका थिए । त्यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ भोट पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्