Logo
Logo

रवि लामिछानेको समर्थनमा प्रदर्शन गर्ने पक्राउ


945
Shares

काठमाडौं । प्रहरीले रवि लामिछानेको विषयमा गरेको फैसलाविरुद्ध नाराबाजी गर्ने प्रदर्शनकारीहरुलाई पक्राउ गरेको छ ।

अदालतको फैसलालगत्तै लामिछानेका समर्थकहरुले राम शाहपथस्थित सर्वोच्च अदालतको ढोकैमा प्रदर्शन गरेका थिए ।

शुक्रबार साँझ सर्वोच्च अदालतको संवैधानिक इजालासले लामिछानेले विदेश नागरिकता परित्याग गरे पनि नयाँ नागरिकता लिने प्रक्रियामा नगरेको जनाएको छ ।

अदालतले नागरिकता नरहेको व्यक्ति सांसदको उम्मेदवार हुन योग्य नरहेको भन्दै पद खारेज गरी दिएपछि उनका समर्थकहरु आक्रोशित भएका थिए ।

उनीहरुले सर्वोच्च अदालत, निर्वाचन आयोगविरुद्ध नाराबाजी भएपछि उनीहरुमाथि प्रहरी हस्तक्षेप गरेको थियो । अदालतले लामिछानेले सांसद पद खारेज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्