Logo
Logo

डीपी अर्याललाई कार्यकारी सभापति बनाउने रास्वपाको तयारी


8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डोरप्रसाद अर्याल कार्यकारी सभापति बनाउने तयारी गरको छ ।

सर्वाच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध ठहर गरेसँगै उनको सांसद, मन्त्री र रास्वपा सभापति पनि गएको छ ।

लामिछानेको सभापति पद गएसँगै रास्वपाले अर्याललाई कार्यकारी सभापति बनाउने तयारी गरेको हो । पार्टीको बैठक बसेर अर्याललाई कार्यकारी सभापति बनाउने भन्ने विषयमा छलफल हुने रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले जनकारी दिए ।

रविले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने र अदालतभन्दा माथि कोही नरहेको बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्