Logo
Logo

वामदेव गौतमले माधव नेपालसँग राखे चार सर्त


6k
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पार्टी प्रवेश गर्न चार सर्त राखेका छन् । अस्थिर बनेको आरोप लागिरहेका एमाले उपाध्यक्ष गौतमले समाजवादी पार्टी प्रवेश गर्न नयाँ चार सर्तसहित खुलेको हुन् ।

बिहिबार नेता नेपाल र गौतमबीच भएको भेटवार्तामा गौतमले संघीयता परिमार्जनको सर्त राखेको बताइएको छ । एकीकृत समाजवार्दीमा प्रवेश गर्न नेता गौतमले राखेको पहिलो सर्त, जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने छ । एमालेले पाँचौं महाधिवेशनपछि जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ । तर एकीकृत समाजवादीका नेताहरुले भने अब मार्क्सवाद-लेनिनवाद मात्रै मार्गदर्शक सिद्धान्त हुने बताउने गरेका छन् ।

गौतमको दोस्रो सर्त हो, प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री । यो विषयमा पनि छलफल गर्न सकिने एकीकृत समाजवादीका नेताहरुले बताउने गरेका छन् । तेस्रो सर्तका रुपमा गौतमले समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने भनेका छन् ।

चौथा सर्तेमा गौतमले आफूले नेतृत्व गरेको समूहका नेताहरुलाई व्यवस्थापनको प्रतिबद्धता मागेका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि कुनै समूहमा नलागेका गौतमले केही व्यक्ति समावेश गरी नेकपा एकता राष्ट्रिय अभियान बनाएका छन् ।

गौतमले आफ्ना केही माग पूरा गरेको खण्डमा मात्र नेपाललाई साथ दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्