Logo
Logo

राष्ट्रसंघका महासचिवको टिप्पणी- इन्टरनेटका धेरै भागहरू घृणा र झुटका डम्प बनाइयो


एजेन्सी


संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार घृणायुक्त भाषण, अतिवाद र गलत सूचनालाई रोक्नको लागि ‘गार्डरेल’ स्थापना गर्न आग्रह गरेका छन् ।

‘अनलाइन संसार मुख्य कारणहरूमध्ये एक हो जसमा घृणायुक्त भाषण, चरम विचारधाराहरू र गलत सूचनाहरू विश्वभर द्रुत रूपमा फैलिएको छ’ संयुक्त राष्ट्रसंघका प्रमुखले भनेका छन् । उनले यस किसिमको गलत सूचना र विचारको फैलावटलाई रोक्न सबैसँग आह्वान गरेका छन् ।

न्युयोर्कमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा नरसंहारको सम्झनामा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघका प्रमुखले सो धारणा राखेका हुन् । संयुक्त राष्ट्रसंघ प्रमुखले भने, ‘मानिसहरू यस्तो संसारमा बाँचिरहेका छन् । जहाँ आर्थिक सङ्कटले असन्तुष्टि पैदा गरिरहेको छ । जनवादी डेमोगोगहरूले सङ्कटलाई भोट जित्न प्रयोग गरिरहेका छन् ।’

गलत सूचना षड्यन्त्र– सिद्धान्तहरू र घृणायुक्त भाषणहरू त्यसका निम्ति व्याप्त बनेको महासचिवको टिप्पणी छ ।
महासचिवले सामाजिक मिडिया प्लेटफर्महरू र तिनीहरूका विज्ञापनदाताहरू अतिवादलाई मूलधारमा लैजानमा संलग्न रहेको र इन्टरनेटका धेरै भागहरूलाई घृणा र झुट विवरणका लागि विषाक्त फोहोर डम्पमा परिणत गरिएको उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्