Logo
Logo

‘टाईगर कप भलिबल प्रतियोगिता’को फाइनलमा बोतल हानाहान



कास्की । पोखरामा शनिबार भएको टाईगर कप भलिबल प्रतियोगिताको फाइनल खेल चलिरहँदा खेलाडीमाथी बोतल प्रहार भएको छ ।

गण्डकी प्रदेश र शास्त्र प्रहरी बलबीचको फाइनल खेल भइरहेका बेला खोचाखोच दर्शकले भरिएको खेल मैदानमा बोतल प्रहार भएको हो । खेल सञ्चालन गराउने क्रममा आयोजकले सुरक्षा व्यवस्थामा खाशै चासो नदिएको र क्षमताभन्दा बढी दर्शकलाई प्रवेश गराएकाले दर्शक आक्रोशित भएका थिए ।

खेल संचालनको क्रममा पछाडि रहेका दर्शकलाई खेल हेर्न असहज भएपछि केही दर्शकले शसस्त्रका खेलाडीलाई बसिदिन आग्रह गरेका थिए । तर, खेलमा सहभागी खेलाडीले रिस देखाएपछि खेल मैदानमा बिवाद सिर्जना भएको थियो ।

नेपाल प्रहरी र शसस्त्र प्रहरीले दर्शकलाई सम्झाउन प्रयास गरेपनि आक्रोशित भिडले उल्टो खेलाडी माथी नै बोतल प्रहार गरेका थिए । बोतल प्रहार भएपछि शसस्त्रका खेलाडीले दर्शकसामु प्रहार गर्न लागेपछि दोहोरो हानाहान भएको थियो ।

घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एफिएफ क्लब पोखरामा सञ्चालन भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ च्याम्पियन भएका छन् ।
प्रतिस्पर्धात्मक फाइनल खेलमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपिएफलाई ३–२ सेटमा पराजित गर्दै घरेलु टोली गण्डकीले उपाधिसँगै नगद रु पाँच लाख पुरस्कार पायो ।

यसैगरी महिलातर्फ भने आर्मीलाई पराजित गरी एपिएफले लगातार दोस्रोपटक उपाधि जितेको छ । एपिएफ अघिल्लो संस्करणको विजेता हो । पुरुषतर्फको फाइनलमा घरेलु दर्शकको साथ पाएको गण्डकीले पहिलो सेट २५–१६ ले एपिएफलाई सुम्पिएको छ ।

प्रतिक्रिया दिनुहोस्