Logo
Logo

घाटी थिचेर श्रीमतीको हत्या अभियोगमा श्रीमान पक्राउ



काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा भोजपुरको अरुण गाउँपालिका-२ बोक्ताङका ज्ञान बहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

४१ वर्षीया श्रीमति गंगा श्रेष्ठको हत्या अभियोगमा शनिबार राति प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार श्रेष्ठले मादक पदार्थ सेवन गरी श्रीमतीलाई घाँटी थिचेर हत्या गरेका हुन् ।

श्रीमतिलाई घाँटी थिचेर हत्या गरी फरार भएको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय भोजपुर, ईलाका प्रहरी कार्यालय तिवारिभन्ञ्याङ र प्रहरी चौकी प्याउलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्