Logo
Logo

सुनको भाउ प्रतितोला पाँच सयले घट्यो


693
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पहेँलो धातु सुनको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसनार अजा छापावाल सुनको भाउ अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला पाँच सयले घटेको हो ।

अघिल्लो दिन(सोमबार) प्रतितोला एक लाख ६ हजार तीन सयमा कारोबार भएको सुनको भाउ आज एक लाख पाँच हजार ८ सय तोकिएको छ । त्यस्तै आज तेजावी सुनको भाउ प्रतितोला एक लाख पाँच हजार ३ सय कायम भएको महासंघले जनाएको छ । यसको मूल्य अघिल्लो दिन एक लाख पाँच हजार आठ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्