Logo
Logo

अध्यक्षको राजीनामा मागेपछि क्यानको बैठक अघि बढ्न सकेन



पोखरा । नेपाल क्रिकेट संघ क्यानका अध्यक्षको राजीनामा माग गरेपछि बैठक प्रभावित भएको छ ।

बैठकको सुरुमै सात जना सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेपछि क्यानको बोर्ड बैठक अघि बढ्न नसकेको हो । सात जना सदस्यको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र नै बुझाएका थिए ।

नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेका हुन् । बैठक मंगलबार दिउँसो १२ बजेदेखि लेकसाइडस्थित होटल एल्लो प्यागोडामा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्