Logo
Logo

प्रहरी हिरासतबाट भागेका थप दुई थुनुवा पक्राउ



काठमाडौं । धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका ६ जना थुनुवामध्ये तीन जना प्रक्राउ परेका छन् । हिरातसको भित्ता प्वाल पारेर भागेका थुनुवाल मध्य एकजनालाई सोमबा। नै पक्राउ गरेको थियो भने थप दुई जनालाई मंगलबार पक्राउ गरको हो ।

पक्राउ पर्नेहरुमा मिथिला नगरपालिका २ का २५ वर्षीय हरिदिप सिंह, २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका ६ का रोशनकुमार महतो छन् । अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका हरिदिपलाई मंगलबार राति र अमितलाई मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । त्यस्तै हातहतियार खरखजाना मुद्दाका रोशनलाई सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो ।

गत माघ १६ (सोमबार) गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा सुरुङ खनेर भागेका थिए । थुनुवा भागेपछि त्यहाँ कार्यरत प्रहरीको लापरबाही भएको तीन प्रहरी निलम्बनमा परेका छन् । त्यस्तै त्यहाँ कार्यरत इन्सपेक्टर बेचेन यादवसहित २५ जनालाई जिल्लामा तानेको छ । फरार थप ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्