Logo
Logo

क्यानको कार्यवाहक सचिवको जिम्मेवारी पाठकलाई



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकलाई दिएको छ ।

पोखरामा मंगलबार बसेकोे कार्यसमिति बैठकमा सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएपछि कार्यसमिति सदस्य पाठकलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । क्यानको केन्द्रीय समितिका सात सदस्यले मंगलबार अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिका पाँच जनाको राजीनामा मागेका थिए ।

नेपाल टी–२० लिगमा खेलमा स्पट फिक्सिङ विवादका कारण केन्द्रय समितिका सदस्यहरुले अध्यक्षसहितको राजिनामा मागेका हुन् । क्याको मंगलबारको बैठकले नाबालिग बलत्कार आराप लागेर निलम्बनमा परेको क्रिकेटर एवं पुर्वकप्तान सन्दिप लामिछानेलाई निलम्बन फुकुवा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्