Logo
Logo

विप्लवको हतियार कारखाना फेला पार्ने एसपी महानिरीक्षकबाट पुरस्कृत


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २४ असोज ।
नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समूहको हतियार कारखाना फेला पारेर नेताहरुलाई पक्राउ गर्ने झापाका एसपी दिनेशराज मैनाली प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट पुरस्कृत भएका छन् । ६४ औं प्रहरी दिवसको अवसरमा शुक्रबार उनलाई प्रहरी महानिरीक्षकले प्रशंसापत्र दिएका छन् ।


तीन साताअघि झापा प्रहरीले विप्लव समूहले लुकाएर राखेको हतियार बरामद गरेको थियो । पक्राउ परेका नेताहरुमाथि अनुसन्धानको क्रममा सो हतियार बरामद भएको थियो । झापा प्रहरीले सो समूहका करिब दुई दर्जन नेताहरुलाई पक्राउ गरिसकेको छ । जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउन योगदान पुर्याएकोमा प्रहरी प्रधान कार्यालयले उनलाई प्रशंसापत्र दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्