Logo
Logo

प्रवासी नेपाली एकता मञ्च अमेरिकाको जिम्मेवारी बाँडफाँड



काठमाडौं । नेकपा एकीकृत समाजवादी प्रवासमा सङ्गठन बिस्तारमा लागेको छ । यसै क्रममा एकीकृत समाजवादीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाले जिम्मेवारी बाँडफाँड गरेको छ ।

प्रवासी नेपाली एकता मञ्च अमेरिका अध्यक्ष शंकर पन्तको अध्यक्षतामा बसेको दोश्रो बैठकले संगठनको जिम्मेवारी बाँडफाँड गर्दै क्षेत्रिय इन्चार्जमा उपाध्यक्षहरुलाई जिम्मा दिएको छ ।

जसअनुसार पश्चिम क्षेत्रमा उद्धव खनाल , मध्य पश्चिम क्षेत्रमा सरस्वती मुखिया, उत्तर पूर्व क्षेत्रमा सोमेन्द्र रन्जित र डिसी मेट्रो क्षेत्र टँक कुँवर रहेका छन् ।

त्यस्तै, सल्लाहाकार परिषद अध्यक्षमा डा. भरत रावल, बुद्दिजिबी परिषद अध्यक्षमा डा रामचन्द्र बराल र अनुशासन आयोग अध्यक्षमा रामप्रसाद ज्ञवालीलाई जिम्मेवारी दिइएको छ भने टेक्सासबाट चन्द्र पाण्डेलाई मञ्चको केन्द्रिय कमिटिमा मनोनित गरिएको छ ।

मञ्चको वार्षिक कार्ययोजना निर्माण, आवश्यक आर्थिक योजना निर्माण तथा अमेरिकामा प्रवासी नेपाली एकता मञ्चलाई सङ्गठनको सवालमा अब्बल बनाउने बैठकले निर्णय गरेको महासचिव युवराज खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्