Logo
Logo

शान्ति मिसनबाट फिर्ता सवारी साधन दर्ता गर्न सेनाद्वारा माग



काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन र चीन सरकारबाट प्राप्त सवारीसाधन दर्ता गर्न आग्रह गरेको छ ।

विश्व शान्ति कार्यका लागि द्वन्दग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यादेश पूरा भएपछि स्वदेश ल्याइएका तथा विभिन्न समयमा चीन सरकारबाट उपहारस्वरुप सहयोग प्राप्त सवारीसाधन दर्ताका लागि उपलब्ध गराउन सेनाले आग्रह गरेको हो ।

शान्ति मिसनबाट फिर्ता र चीनबाट प्राप्त सवारीसाधनको दर्ताका अध्ययन गर्न रक्षा मन्त्रालयले अध्ययन समिति बनाइएको थियो । समितीको प्रतिवेदनसमेत प्राप्त भइसकेको मन्त्रालयले छ ।

चीनबाट प्राप्त सवारीसाधन दर्ताका सम्बन्धमा सवारी प्रदूषण मापदण्ड संशोधनका लागि वन तथा वातावरण मन्त्रालयसँग अनुरोध गरिए पनि हालसम्म कुनै प्रगति भएको छैन ।

सेनामा रहेका दुई सय पाँच थान सवारीसाधनको दर्ता र समुचित प्रयोगका लागि रक्षा मन्त्रालयले निकासका विभिन्न उपायको खोजी गरिरहेको छ । हालसम्म ती सवारीसाधन दर्ता नहुँदा समयमा त्यसको प्रयोग हुन नसकी थन्किएर बसेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्