Logo
Logo

मिनी क्यासिनोमा महाराजगञ्ज प्रहरीको एक्सन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ असोज ।
क्यासिनोकै शैलीमा जुवा खेलाइने एक अखडामा प्रहरीले छापा हानी ११ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले र महानगरिय प्रहरि प्रभाग बुढानिलकण्ठको टोलिले आइत्बार बेलुका . बुढानिलकण्ठ ४ स्थित क्वाटोलको उत्तम कुइकेलको घरको भुइतलामा जुवाजन्य खेल कौडा खेलिरहेको अवस्थामा ११ जना जुवाडे लाई चार लाख १० हजार नगदसहित पक्राउ गरेको हो । उनीहरुाबाट १६ थान कौडा समेत बरामद भएको महाराजगञ्ज वृत्तका डिएसपी उमेश लम्सालले बताए । सो घरमा नियमित जुवा खेलाइने सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो । महराजगञ्ज क्षेत्रकका ठूला जुवा अखडामा प्रहरीले नियमित रुपमा छापा मार्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्