काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएपछि नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिममा ‘भूकम्प’ भएको प्रतिक्रिया दिएको छ ।

सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले साथ छोडेपछि मुख्यमन्त्री रावल नेतृत्वको सरकार ढलेको छ।नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आफूहरूको काठमाडौँ आगमनले प्रदेश सरकारमा भूकम्प गएको बताए । उनले भने , ‘भूकम्पको धक्का गएको छ । यसले कति असर गर्छ, त्यो उनीहरुलाई नै थाहा होला ।’
मुख्यमन्त्री रावलले आज आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको छ ।
जेलभित्र रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सहित अन्य जनाको जेलमुक्तिको सर्त पुरा गर्न सत्तागठबन्धनले नसकेपछि सरकार नै ढलेको हो ।














