Logo
Logo

रास्वपा पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा


630
Shares

काठमाडौं । सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएको छ । गत आइतबार रास्वपा सरकारबाट बाहिरिएको छ । तर, सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपाका अध्यक्ष रवि लामिछाने सहभागी भएका छन् ।

सरकारलाई सफल बनाउन बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपा सहभागी हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । संयन्त्रको बैठकमा विकसित राजनीतिक घटनाक्रम, गठबन्धनमा देखिएको विवाद, रास्वपाको सरकारबाट भएको बहिर्गमन र राष्ट्रपति चयनमा देखिएको मतभेदका विषयमा छलफल बताइएको छ ।

गवत १३ माघ सर्वोच्च अदालतले रास्वपा सभापति लामिछानेले कायम नरहेको नागरिकता प्रयोग गरी प्रतिनिधिसभा चुनाव लडेको भन्दै उनको सांसद पद बदर गरिदिएपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्