Logo
Logo

प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशी राजदूतबीच भेटवार्ता


126
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल-बङ्गलादेश जलविद्युत्, व्यापारसम्बन्धी सझेदारीका विषयमा छलफल गर्नुहुँदै नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरी । तस्बिरः प्रदीपराज वन्त / रासस

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा नेपाल र बङ्गलादेशबीचको सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा दुई देशबीच जलविद्युत् व्यापार र सम्पर्क सञ्जालको विस्तारलगायतका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्