काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारले जित्ने दाबी गरेका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले सवै दलको सहयोगले नै राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारले जित्ने दाबी गरेका हुन् ।
उलने अहिलेको शक्ति सन्तुलन मिलाउनका लागि पनि राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्नुपर्ने बताए । एमालेको राष्ट्रपति भए अव पनि रबर स्ट्याम्प मात्रै हुने उनले बताए ।











