
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सुदूरपश्चिम प्रदेश जाँदैछन् । प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड पहिलोपटक सुदूरपश्चिम प्रदेश जान लागेका हुन ।
प्रधानमन्त्री प्रचण्डले कैलालीमा रहेको गेटा मेडिकल कलेजको निरीक्षण, महेन्द्रनगरमा सुख्खा बन्दरगाहको निरीक्षण, कैलाली महोत्सवको उद्घाटन तथा माओवादी केन्द्र जिल्ला समितिले आयोजना गरेको जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्कनेछन ।











