
काठमाडौं । फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । पहिलो चरणमा ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप आज (सोमबार) बिहान काठमाडौं ल्याइएको हो ।
उक्त खोप टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भण्डारण गरिने र केही दिनमा सबै प्रदेशहरुमा आवश्यकता अनुसार पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत नेपाल सरकारले बाइभ्यालेन्ट खोप माग गरेको थियो ।
विज्ञका अनुसार ओमिक्रोनका सबभेरिन्यटको संक्रमणलाई रोक्न बाइभ्यालेन्ट खोप बढी प्रभावकारी छ ।











