Logo
Logo

सर्खेतमा प्रहरी र प्रदर्शनकारीबीच झडप, एक प्रहरी घाइते


567
Shares

सुर्खेत । सवारी दुर्घटनामा एक महिलाको मृत्युको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा सोमबार प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रहरी घाइते भएका छन् ।

प्रदर्शनकारीको ढुंगा प्रहारबाट प्रहरी घाइते भएका हुन् । झडप नियन्त्रण गर्न प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेका छ । प्रहरीले प्रदर्शनकारीलाई लखेट्दै बुलबुले चोकमा पु¥याएको छ ।

मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको झडप हुँदा आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार मृतकका परिवार र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा बिहानैदेखि वार्ता भइरहेको छ । तर, केही भढ्काउ समूहले उग्रता मच्चाएपछि झडप भएको ।

आइतबार बसको ठक्करबाट जाजरकोटकी नदी रावतको मृत्यु भएको थियो । आफन्तहरुले उक्त घटनाका दोषीलाई कारबाही र राहतको माग गर्दै सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्