Logo
Logo

ज्वाला संग्रौला र रमेश प्रसाईंसहित १६ जना रास्वपाको केन्द्रीय सदस्य मनोनित 


3.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थप १६ जना केन्द्रीय समिति थपेको छ । 

आज (सोमबार) बसेको केन्द्रीय समितिको बैठक थप १६ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले केन्द्रीय समिति २४ बाट बढाएर ४० पुर्याएको जानकारी दिए ।

बुर्लाकोटीका अनुसार टिका संग्रौला (ज्याला) ज्वाला र रमेश प्रसाईंलाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्ने बैठकले निर्णय गरको छ । त्यस्तै निशा मेहता, विन्देवासेनी कंसकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसकार श्रेष्ठ, र हरि भट्टलाई केन्द्रीय समितिमा मनोनित गर्ने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी ध्रुव गिरी, निमा अधिकारी, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री पनि केन्द्रीय समितिमा मनोनित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्