Logo
Logo

१० लाखको तस्करीको सुनसहित युवक पक्राउ



काठमाडौं, २९ पुस ।
बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका टुक्राहरु तस्करी हुने गर्ने युवक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौवाट खटिएको प्रहरी टोलीले शनिबार पिङ्गलास्थानवाट धनकुटा घर भई हाल काँडाघारी वस्ने वर्ष २८ को समिर श्रेष्ठवाट सुनको चुरा ५ थान चुरासहित पक्राउ गरेको हो । २ सय ५० ग्राम बरबरका ती चुरा विदेशबाट फर्किएका कामदारलाई प्रयोग गरि तस्करी गरिएको थियो ।
बरामद सुनको मूल्य करिब १० लाख रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्