काठमाडौं । स्कटल्याण्डविरुद्धनेपाली कप्तान रोहित पौडेलले अर्धसतक पुरा गरेका छन् । उनले ५४ बलमा उनले ४ चौका र २ छक्कासहित अर्धसतक पुरा गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा २१३ रनको लक्ष्य पछ्याएको नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म नेपालले ७ विकेट गुमाएर २९ ओभरमा १२९ रन बनाएर खेलिरहेको छ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले २१ रन, आसीफ सेख १२, कुसल मल्ल १७, दीपेन्द्र सिंह ऐरी ७ रन जोड्दा कुशल भुर्तेलले १ रनमा आउट भएका छन् ।
यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याणले २१२ रन बनाएको थियो ।














