Logo
Logo

ओली र किसान श्रेष्ठबीच भेटवार्ता


7.7k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठसँग भेट गरेका छन् ।

मंगलबार दिउँसो ओलीलाई भेट्न श्रेष्ठ बालकोट पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।

उनीहरुबीच राष्ट्रपति चुनावकै विषयमा कुराकानी भएको बताइएको छ । सोमबार नेकपा एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्