Logo
Logo

गण्डक नहरमा हाम फालेका आमासहित तीनै जना मृत भेटिए


630
Shares

काठमाडौं । नवलपरासीको गण्डक नहरमा हाम फालेका आमासहित तीनै जना मृत अवस्थामा भेटिएका छन् ।

मंगलबार नवलपरासीको सुस्ता गाउंपालिका–२ महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले दुई छोरा कम्मरमा बाँधेर गण्डक नहरमा हाम फालेका थिए ।

हाम फालेको सूचना पाएर खोजी गर्न पुगेको प्रहरी टोलीले घटनास्थलदेखि १ सय मिटर तल उनीहरू मृत फेला पारेको हाे ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् डिएसपी भोजराज पाण्डेका अनुसार प्रतिमाले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितको हातलाई सलले बांधेर हाम फालेका थिए । उनका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्