Logo
Logo

मेन्छियाम हाइड्रोको आइपीओ बिक्री खुला


819
Shares

काठमाडौं । मेन्छियाम हाइड्रोपावरले आज बुधबार‍देखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लागि आइपीओ बिक्री खुला गरेको छ।

मेन्छियाम हाइड्रोपावरले १०० रुपैयाँ अङ्कित मूल्यमा ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्कासन गरेको हो। योमध्ये आयोजना अति प्रभावित क्षेत्र सङ्खुवासभा जिल्लाका साबिकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानीय बासिन्दालाई २ लाख ७१ हजार २९२ कित्ता र यो बाहेक सङ्खुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ।

यता, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको छ। स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आइपिओका लागि फागुन २५ गते गतेसम्म आवेदन दिन सकिनेछ।

रेटिङ एजेन्सी केयर नेपालले मेन्छियाम हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ। यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्