
बिराटनगर । नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको अध्यक्षमा परशुराम बस्नेत चयन भएका छन् । दोस्रो राष्ट्रिय महाधिवेशनले बस्नेतको नेतृुत्वमा १ सय ७१ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।
फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा भएको महाधिवेशनले अध्यक्षबाहेक पदाधिकारी र आयोगका पदाधिकारी भने टुंगो लगाउन सकेको छैन ।
बाँकी पदाधिकारीको भने केही दिनमा टुंगो लगाउने गरी महाधिवेसन म्पन्न भएको छ । बस्नेत यसअघि खेलकुद महासंघका संयोजक थिए ।














