
काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले बाइकिङ प्रविधि प्रवर्द्धन गर्न गठन गरेको ‘अपाचे ओनर्स ग्रुप (एओजी)’ ले पहिलोपटक अन्तर्राष्ट्रिय मार्क्यु राइडको आयोजना गर्ने भएको छ ।
फागुन ११ गते बिहीबारबाट सुरु हुने अपाचे ओनर्स ग्रुप (एओजी) को मार्क्यु राइडमा नेपाल, भारत र बंगलादेशका राइडरहरु सहभागी हुने छन् । उक्त यात्रा २१ दिन लामो हुनेछ । पहिलो दिन काठमाडौंबाट रक्सौल हुँदै भारत प्रवेश गर्ने यो यात्रा करिब ६,५०० किलोमिटर लामो हुने अनुमान गरिएको छ ।
मानिस र मशीन बिचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यका साथ आयोजन हुन लागेको यो कार्यक्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरू पनि समावेश छन् । कार्यक्रमका लागि ५ सय भन्दा बढी अपाचे राइडरहरुले अनलाइन आवेदन दिएका छन् ।
काठमाडौंबाट सुरु हुने यो राइड रक्सौल, गया, राउरकेला, सारंगढ़, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, मैसूर, बंगलौर, तिरुपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपु बाट रक्सौल हुँदै काठमाडौंमा आएर सम्पन्न हुन्छ ।
राउरकेलामा नेपाल बंगलादेशका राइडरहरूको भेट हुनेछ र राइडर्सहरू विभिन्न रुट हुँदै गोव जाने छन्, राइडरहरूले राइडको क्रममा भारतका विभिन्न ठाउँको भ्रमण पर्यटकीय क्षेत्रहरुको पनि भ्रमण गर्ने छन् । यस राइडको क्रममा मार्च ३÷४ मा गोवामा मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभल हुनेछ, जहाँ विभिन्न बाइकिङ गतिविधिहरुका साथै गिगहरूमा र टिभिएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरुको प्रदर्शनी गरिनेछ ।
मार्क्यु राइडमा चालक अनुमति प्रमाणपत्र भएका अपाचे राइडरहरुले भाग लिनका लागि आवेदन दिन पाउनेछन् ।
टिभिएसले अहिलेसम्म १२ वटा च्याप्टर राइड र १६ मार्शल राइड गरि वटा राइड सफलतापूर्वक आयोजना गरेको छ । अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।














