Logo
Logo

बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प


630
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन ।

यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५।९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो ।

त्यसपछि माघ १२ गते पनि बाजुरामा केन्द्रबिन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्