Logo
Logo

डीआईजी सिंहको राजीनामा पत्र स्वीकृतिका लागि गृहमा पठाइयो


2.6k
Shares

काठमाडौ । प्रहरी प्रधान कार्यालयले नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले दिएको राजीनामा पत्र स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाएको छ । डीआईजी सिंहले बुधबार राजीनामा पत्र बुझाएका तिए । प्रहरी प्रवक्ता पोषराज पोखरेलकले डीआईजी सिंहको राजनीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाएको जानकारी दिएका हुन् ।

नागकितामा उमेर विवादमा परेपछि डीआईजी सिंहमाथि छानविन सुरु भएको थियो । सोही क्रममा उनले राजीनामा दिएका हुन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक–फरक भेटिएको थियो ।
२०५१ चैत ५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका सिंह प्रहरी प्रमुखको दावेदारका रुपमा हेरिएको थियो । तर, एआईजीमा जानु्अघि उनी नागरिकता विवादमा मुछिएपछि राजीनामा दिन बाध्य भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्