काठमाडौं । राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा नेताहरुको दौदधुप बढेको छ । यसैक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही पुगेका छन् ।

देउवासँग राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बुधबार साँझ अध्यक्ष नेपाल धुम्बाराही पुगेका हुन् । अध्यक्ष नेपाल धुम्बाराही जानुअघि एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भुसाल, नेता घनश्याम भुसाल धुम्बाराहीलगायतका नेताले कांग्रेस नेतासँग छलफलमा थिए ।
एकीकृत समाजवादीका नेताहरुभन्दा पहिला जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस नेताहरुसँग भेटवार्ता गरेका थिए । छलफलमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा छलफलमा सहभागी छन् । आजै अध्यक्ष नेपाललाई भेट्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेका थिए ।














